नेपाल पुनर्बीमाको अध्यक्ष पद रिक्त

<p>काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको पद रिक्त भएको छ । अर्थ मन्त्रालयका सहसचिव इश्वरीप्रसाद अर्यालले उमेर हदका कारण सेवाबाट अवकाश पाएसँगै नेपाल पुनर्बीमाको अध्यक्ष पद स्वत: रिक्त भएको हो । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको तर्फबाट ३ जना सञ्चालक रहने व्यवस्था छ । जहाँ अध्यक्षका रूपमा तत्कालीन सहसचिव अर्याल थिए । २०७९ मसिंर १९ गतेबाट [&hellip;]</p>

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको पद रिक्त भएको छ । अर्थ मन्त्रालयका सहसचिव इश्वरीप्रसाद अर्यालले उमेर हदका कारण सेवाबाट अवकाश पाएसँगै नेपाल पुनर्बीमाको अध्यक्ष पद स्वत: रिक्त भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीमा सरकारको तर्फबाट ३ जना सञ्चालक रहने व्यवस्था छ । जहाँ अध्यक्षका रूपमा तत्कालीन सहसचिव अर्याल थिए । २०७९ मसिंर १९ गतेबाट कम्पनीको अध्यक्ष रहेका अर्याले २०८१ साउन १८ गते अवकाश पाएसँगै अध्यक्ष पदबाट पनि स्वतः बाहिरिएका हुन् ।

Share News