काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शसयरमूल्य समायोजन भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
यी दुवै कम्पनस्ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेशनल लाइफको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात नेशनल लाइफको सेयर मूल्य ७०५.७७ रुपैयाँ र सूर्योदय वोमीको सेयरमूल्य १ हजार १३.११ रुपैयाँ कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको सेयर प्रतिकित्ता ७३४ रुपैयाँ र सूर्योदय वोमी लघुवित्त १ हजार ११५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आज बिहीबार सोही समायोजित मूल्यका आधारमा सेयर कारोबार खुल्नेछ ।