सेयर बजारमा दोस्रो सर्किट, ५ बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो

<p>काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो । दोस्रो सर्किटमा ेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०२ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो । [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो ।

दोस्रो सर्किटमा ेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०२ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो ।

चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको लगानीकर्ताहरूको भनाई छ ।

यसअवधिमा २४४ कम्पनीको १३ लाख २०५ कित्ता सेयर ४ हजार ७३३ पटक खरिदबिक्री हुँदा ५१ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Share News