
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको एक मिनेटमै बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजार सम्बन्धि खुकुलो नीति ल्याएसँगै सेयर बजार बढ्न पुगेको हो ।
नेप्से परिसूचक ३.९९ प्रतिशत अर्थात् १०२.६८ अंक बढेर २ हजा ६७०.८२ अंक पगुेको हो । नेप्से ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बन्द भएको हो ।
साथै यस समयमा २३३ कम्पनीको ५ लाख ५६ हजार ५९३ कित्ता सेय र२ हजार ७५७ पटक खरिदबिक्री हुँदा २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र कुमारी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।