सरकारकाे ऋण दायित्व २२ खर्ब, एक नेपाली बराबर ७६ हजार ऋण

<p>काठमाडौं । देशको ऋणको दायित्व बढ्दै गएपछि नेपालीको थाप्लोमा ऋणको भार बढी भएको छ । सरकारकाे दायित्वमा  २२ खर्ब भन्दा बढी ऋण हुँदा एक जना नेपालीकाे भागमा ७६ हजार रुपैयाँभन्दा बढी ऋणको भार पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार गत असार मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २२ खर्ब २१ अर्ब [&hellip;]</p>

काठमाडौं । देशको ऋणको दायित्व बढ्दै गएपछि नेपालीको थाप्लोमा ऋणको भार बढी भएको छ । सरकारकाे दायित्वमा  २२ खर्ब भन्दा बढी ऋण हुँदा एक जना नेपालीकाे भागमा ७६ हजार रुपैयाँभन्दा बढी ऋणको भार पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार गत असार मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ नाघेको छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार १७६ रुपैयाँ बराबर पर्न जान्छ ।

नेपालको २२ खर्ब २१ अर्ब रुपैयाँ सार्वजनिक ऋणलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जनालाई बराबरी भाग लगाउँदा प्रतिव्यक्ति  ७३ हजार १७६ रुपैयाँ पर्छ ।

एक वर्षमा २ खर्बले बढ्यो ऋण

आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सार्वजनिक ऋण २ खर्ब रुपैयाँभन्दा बढीले थपिएको छ । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्म सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुगेको हो ।

२०७९ को असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ हाराहारिमा थियो । तर एक वर्षको अबधिमा सार्वजनिक ऋण २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँले बढेको हो । यस हिसाबले एक वर्षमै एक जना नेपालीकाे भागमा ७ हजार १४४ रुपैयाँ बराबर ऋणभार थपिएकाे छ ।

कार्यालयको तथ्यांक अनुसार हाल ११ खर्ब २८ अर्ब ३२ करोड आन्तरिक ऋण र १० खर्ब ९३ अर्ब ३४ करोड वैदेशिक ऋण पुगेको छ ।

गत आर्थिक वर्ष सरकारलले ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ बराबरको ऋण लिएकोमा १ खर्ब ४९ अर्ब ७३ करोड रुपैयाँ बराबर साँवा भुक्तानी समेत गरेको तथ्यांकमा उल्लेख छ ।

जसमा १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋणको सावाँ र ३४ अर्ब ६१ करोड वैदेशिक ऋणको सावाँ भुक्तानी गरिएको हो ।

Share News