कृषि तथा पशुसेवा प्राविधिकहरुलाई तिरन्तरता दिने मन्त्रालयको निर्णय

<p>काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गा.वि.स. एक कृषि तथा पशुसेवा प्राविधिक’ सेवालाई निरन्तरता दिने निर्णय गरेको छ । साविकका गाविसमा आर्थिक वर्ष ०७२/७३ देखि करार सेवामा नियुक्ति भइ निरन्तर प्राविधिक सेवा पुर्याइरहेका प्राविधिकहरुको निरन्तरताबाट संस्थागत स्मरण प्रवद्र्धन तथा स्थानीय तहको प्राविधिक सेवामा प्रभावकारिता रहने भएकाले उनीहरुलाई कार्यसम्पादनका आधारमा निरन्तरता दिन यही भदौ [&hellip;]</p>

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गा.वि.स. एक कृषि तथा पशुसेवा प्राविधिक’ सेवालाई निरन्तरता दिने निर्णय गरेको छ । साविकका गाविसमा आर्थिक वर्ष ०७२/७३ देखि करार सेवामा नियुक्ति भइ निरन्तर प्राविधिक सेवा पुर्याइरहेका प्राविधिकहरुको निरन्तरताबाट संस्थागत स्मरण प्रवद्र्धन तथा स्थानीय तहको प्राविधिक सेवामा प्रभावकारिता रहने भएकाले उनीहरुलाई कार्यसम्पादनका आधारमा निरन्तरता दिन यही भदौ ७ गते मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अहिले ६ सय ६४ स्थानीय तहहरुमा करिब २ हजार ५ सय ५० जना कृषि तथा पशुसेवातर्फका प्राविधिकहरुले काम गर्दै आएकोमा ती प्राविधिकहरुलाई चालु आर्थिक वर्षको लागि तलब तथा चाडपर्व खर्चका लागि ६ महिना बराबरको बजेट स्थानीय तहमा पठाएको मन्त्रालयले जनाएको छ ।

Share News