प्रभु क्यापिटलका ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाइन अर्डर गर्दा छुट पाउने

<p>काठमाडाैं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यसकाे लागि प्रभु क्यापिटलले एक्सप्रेस ईट्ससँग समझौता गरेकाे छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो [&hellip;]</p>

काठमाडाैं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यसकाे लागि प्रभु क्यापिटलले एक्सप्रेस ईट्ससँग समझौता गरेकाे छ ।

यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा ‘PRABHUCAP10’ उल्लेख गर्नुपर्नेछ ।

यसैगरी क्यापिटलको हितग्राही ग्राहकले अर्को विशेष अफर अन्तर्गत बत्तीसपुतलीको रोडहाउस पिज्जाबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने छन् । यस योजनबाट छुट लिने हितग्राहीले चेक आउट या बिल पमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ ।

हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Share News