समृद्धि फाइनान्सद्धारा हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम

<p>काठमाडाैं । समृद्धि फाइनान्सले हेटौंडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौंडामा रहेको अमर माध्यमिक बिधालय, काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवलमा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे । फाइनान्सले २७० जना विद्यार्थीलाई १ हजार ३५० थान कापी र २७० थान पेन [&hellip;]</p>

काठमाडाैं । समृद्धि फाइनान्सले हेटौंडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

फाइनान्सले हेटौंडामा रहेको अमर माध्यमिक बिधालय, काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवलमा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे ।

फाइनान्सले २७० जना विद्यार्थीलाई १ हजार ३५० थान कापी र २७० थान पेन वितरण गरेकाे संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

Share News