नाफा आर्जन गरेर आयोजना बन्द गर्ने प्रवृतिको अन्त्य हुनुपर्छ : सांसद भण्डारी

<p>काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले जलविद्युत आयोजनाबाट नाफा आर्जन गरेर बन्द गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै सांसद राजभण्डारीले पछिल्लो सयम आयोजना निर्माण गर्ने र सो आयोजनाबाट नाफा भइसकेपछि बन्द गर्ने अभ्यास भइरहेको बताउँदै यो प्रवृतिको अन्त्य गर्नु पर्ने धारणा राखे । जलविद्युतको क्षेत्रमा विदेशी लगानिकर्ता भन्दा [&hellip;]</p>

काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले जलविद्युत आयोजनाबाट नाफा आर्जन गरेर बन्द गर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै सांसद राजभण्डारीले पछिल्लो सयम आयोजना निर्माण गर्ने र सो आयोजनाबाट नाफा भइसकेपछि बन्द गर्ने अभ्यास भइरहेको बताउँदै यो प्रवृतिको अन्त्य गर्नु पर्ने धारणा राखे ।

जलविद्युतको क्षेत्रमा विदेशी लगानिकर्ता भन्दा स्वदेशीलाई प्राथमिकता दिनु पर्ने उनकाे भनाइ छ । स्वदेशी लगानीकर्तामा लगानी, प्राविधिक लगायत सबै क्षमताकाे अभिवृद्धि गर्न पनि आवश्यक रहेकाे उनले बताए ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चिलिमे हाइड्रोपावरको पर्फमेन्स राम्रो भएको बताउँदै भण्डारीले चिलिमे हाइड्रोपावर जस्तै कम्पनी निर्माण गर्नु पर्ने धारणा राखे ।

निजी क्षेत्रको विकास भन्दापनि देशको विकास हुनुपर्ने उनको भनाइ छ । ‘७ दिन ७ रात जलविद्युत क्षेत्रको विकासको लागि छ्लफल गर्न तयार छु, तर निजी क्षेत्रको मात्रै विकास नभएर देशको विकास हुनुपर्छ,’ उनले भने ।

Share News