निसान बेच्न थालेपछि पायोनियरको आम्दानी ३ अर्ब ७४ करोड, यसपालीको दशैंतिहारमा धक्का लाग्ने

<p>काठमाडौं । निसान गाडी बेच्न थालेपछि पायोनियर मोटो कप प्रालि (पीएमसी)को आम्दानी बढेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले २ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको थियो । पायोनियर मोटो कर्प प्रा.लि (पीएमसी) शारदा ग्रुप अन्तरगतको कम्पनी हो । यस कम्पनीमा सन्दीप [&hellip;]</p>

काठमाडौं । निसान गाडी बेच्न थालेपछि पायोनियर मोटो कप प्रालि (पीएमसी)को आम्दानी बढेको छ । कम्पनीले सन् २०२१ मा ३ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले २ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

पायोनियर मोटो कर्प प्रा.लि (पीएमसी) शारदा ग्रुप अन्तरगतको कम्पनी हो । यस कम्पनीमा सन्दीप कुमार शारदाको मात्र सेयर लगानी रहेको छ । पायोनियर मोटो कर्प निसान र ड्याटसनको गाडीको लागि नेपालको आधिकारिक विक्रेता हो ।

सन् २०१४ मा स्थापना भएको यस कम्पनीले पहिला ड्याटसन मात्र बिक्री गर्दथ्यो भने सन् २०१७ पछि निसानको पनि आधिकारिक विक्रेता बनेको छ । अहिले पीएमसीका कुल कारोबारमा निसानको मात्र ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको छ । निसानको किक्स र म्याग्निट सेगमेन्ट नेपालमा बढी बिक्री भईरहेको छ ।

सन् २०२१ मा राम्रो गरेपनि कम्पनीको लागि सन् २०२२ निकै चुनौतिपूर्ण हुने भएको छ । विदेशी मुद्रा संचितिमा परेको असर र सरकारले कार जीप आयातमा लगाएको प्रतिबन्धले यस कम्पनीको तरलता र नाफामा असर पर्ने रेटिङ कम्पनी एक्रा नेपालले जनाएको छ । सवारी व्यापारको मुख्य समय दशैंतिहार जस्ता महत्वपूर्ण चाडवाडको पूर्वाद्धमा नयाँ गाडी आयात प्रतिबन्द भएकोले आगामी आर्थिक वर्ष कम्पनीको लागि चुनौतिपूर्ण हुनेछ ।

मौद्रिक नीतिमा कम्तिमा ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा संचिति बनाउने लक्ष्य रहेको तर हाल ६.७ महिनालाई मात्र धान्न सक्ने विदेशी मुद्रा संचिति भएकोले तत्काल सरकारले आयात खुला गर्ने सम्भावना नभएको एक्राले औल्याएको छ ।

बैंकमा तरलताको अभाव, कर्जाको उच्च व्याजदर र सवारी खरिदकर्तामा पर्ने उच्च लागतको कारण निकट भविष्यमा गाडी आयात खुला भए पनि यसको माग पक्ष कमजोर हुने इक्राले जनाएको छ । राष्ट्र बैंकको नीतिले पनि प्यासेन्जर भेइकल आयातमा क्यास मार्जिन राख्नुपर्ने देखि जोखिमभार वृद्धि गरिदिएकोले पनि कम्पनीको व्यवसायमा प्रतिकूल असर पर्ने भएको छ ।

प्यासेन्जर भेइकल कर्जामा जोखिम भार पहिला ७५ प्रतिशत राखिएकोमा त्यसलाई बढाएर १५० प्रतिशत जोखिमभार राख्नु पर्ने नीति राष्ट्र बैंकले लिएको छ । त्यस्तै क्यास मार्जिन १० प्रतिशत राख्दा हुने पुरानो व्यवस्था संशोधन गरी ५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकूलताको बीचमा एक्रा नेपालको रेटिङमा सर्ट टर्मको लागि कम्पनीले ‘ए फोर प्लस’ पाएको छ । सर्ट टर्म लोन र नन फण्डिङ सपोर्टको लागि कम्पनी उत्कृष्ट रहेको संकेत गर्दछ । कम्पनीको प्रवद्र्धक राम्रो भएको, अघिल्ला वर्षहरुको तुलनामा सन २०२१ को व्यापार राम्रो भएको, निसानको गाडीप्रति उपभोक्ताको रुची भएकोले पनि रेटिङ राम्रो पाएको देखिएको छ ।

Share News