यामाहा एक्सएसआर १५५ मा नयाँ ग्रिन कलर, मूल्य ५ लाख ६४ हजार

काठमाडौं । यामाहा एक्सएसआर १५५ को नयाँ खरानी–हरियो मेटालिक भेरियन्ट सार्वजनिक भएको छ । नेपाल–जापान फेस्टिभल २०२६ को अवसरमा एमएडब्लु राइड्सले काठमाडौंको दरबारमार्गमा नयाँ रङको मोटरसाइकल सार्वजनिक गरेको हो ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आयोजित फेस्टिभलमा सार्वजनिक गरिएको नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य यसअघि उपलब्ध कालो भेरियन्टकै बराबर हो ।

नयाँ रङ थपिएसँगै यामाहा एक्सएसआर १५५ अब खरानी–हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध भएको छ ।

कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल–जापानबीचको ७० वर्ष लामो मित्रता र सहकार्यको महत्वबारे चर्चा गरे । उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रा स्मरण गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतीकका रूपमा उल्लेख गरे ।

अग्रवालले नेपाली ग्राहकलाई जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन एमएडब्लु ग्रुप प्रतिबद्ध रहेको बताए । यामाहा एक्सएसआर १५५ ले जापानी विरासत, आधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गर्ने उनको भनाइ थियो ।

फेस्टिभलमा परम्परागत जापानी कोटो संगीत, ताइको ड्रमिङ, क्यालिग्राफी, कस्प्ले लगायतका सांस्कृतिक प्रस्तुति पनि समावेश थिए ।  

यामाहा एक्सएसआर १५५ रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन भएको मोटरसाइकल हो । यसमा भेरिएबल भल्भ एक्टुएसन (भीभीए) इन्जिन, डेल्टा बक्स फ्रेम, ६-स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता विशेषता छन् ।

यी सुविधाले मोटरसाइकलको कार्यसम्पादन, स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ । नयाँ खरानी–हरियो मेटालिक भेरियन्टले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार थप विकल्प उपलब्ध गराउनेछ ।

एमएडब्लु राइड्स नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक हो । कम्पनीका अनुसार देशभर १०५ यामाहा आउटलेटमार्फत बिक्री, सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ । 

Share News