काठमाडौं । गोर्खाज फाइनान्स र इन्फिकेयरबीच कर्जा सफ्टवेयर खरिद गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार गोर्खाज फाइनान्समा कर्जा स्वीकृति, कानूनी कागजात तयारी लगायतका कार्यमा उक्त सफ्टवेयर प्रयोग हुने र उक्त सफ्टवेयर प्रयोग पश्चात् कर्जा स्वीकृति प्रक्रिया छिटो एवं छरितो हुने साथै जोखिम न्युनिकरण हुने बताइएको छ ।
सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र इन्फिकेयरका सञ्चालक सविन मानन्धरले हस्ताक्षर गरेका छन् ।
हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।