उमेश मानन्धर बने उत्कृष्ट मेकानिक, अन्तराष्ट्रिय प्रतिस्पर्धामा जाने

<p>काठमाडाैं । सिप्रदी अटोपार्टस् र टाटा मोटर्सको आयोजनामा १२ सय भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाण्डौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र [&hellip;]</p>

काठमाडाैं । सिप्रदी अटोपार्टस् र टाटा मोटर्सको आयोजनामा १२ सय भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्धितीय र काठमाण्डौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन ।

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेका थियो ।

सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसंभार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाइएको टाटा मोटर्सले बताएकाे छ ।

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताए । प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने उनले बताए ।

 

 

Share News