काठमाडौं । नेपालमा टिभिएस टु व्हीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखामा शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ टोखामा नयाँ शोरुम सुरु गरिएको कम्पनीले जनाएकाे छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभिएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेकाे बताए ।
‘ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभिएस ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छू,’ उनले भने ।