नाडा अटो शो स्थगित

<p>काठमाडौं । आगामी भदौ ७ गतेदेखि काठमाडौंमा आयोजना गर्ने भनिएको नाडा अटो शो स्थगित भएको छ । आइतबार बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमिति बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको हो । सरकारले आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे तथा चार पाँग्रे सवारी साधन आयातमा प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गर्ने [&hellip;]</p>

काठमाडौं । आगामी भदौ ७ गतेदेखि काठमाडौंमा आयोजना गर्ने भनिएको नाडा अटो शो स्थगित भएको छ । आइतबार बसेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कार्यसमिति बैठकले अटो शो स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे तथा चार पाँग्रे सवारी साधन आयातमा प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गर्ने निर्णय गरेको हो ।

देशमा विदेशी मुद्रा सचिञ्तीमा कमी आएको भन्दै सरकारले गत बैशाखदेखि गाडी आयातमा प्रतिबन्ध लगाएको छ ।

यसअघि दुई वर्षसम्म कोभिड-१९ को संक्रमणको कारण गर्न नसकिएको अटो शो नाडाले यो वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म गरी पाँच दिन अटो शो भृकुटीमण्डपमा आयोजना गर्ने तयारी थालेको थियो । तर सरकारले दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधन आयात प्रतिबन्धलाई निरन्तरता दिएसँगै नाडाले अटो शो स्थगित गरेको हो ।

याे पनि ः 

धेरै बिक्री हुने गाडी र बाइकमा नै प्रतिबन्ध, अनिश्चित बन्यो नाडा अटो शो

Share News