यामाहा नेपालले ४ जनालाई मोटो जिपी हेर्न थाइल्याण्ड लैजाने

<p>काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी हेर्न चार जनालाई लैजाने भएको छ । कम्पनीले असार ९ गतेबाट सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना विजेता छनोट गरी थाइल्याण्ड लैजान [&hellip;]</p>

काठमाडौं । नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले थाइल्याण्डमा हुन गइरहेको मोटो जिपी हेर्न चार जनालाई लैजाने भएको छ ।

कम्पनीले असार ९ गतेबाट सुरु गरेको ‘रोड टू मोटोजिपी’ नामक स्कीमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्ये बाट लक्की ड्रमार्फत १ जना र बाइक र स्कुटर खरिदकर्ताहरूमध्ये ३ जना विजेता छनोट गरी थाइल्याण्ड लैजान लागेको हो ।

‘रोड टू मोटोजिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटोजिपी प्रत्यक्ष हेर्दाको दूर्लभ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोटोजिपीसँग समन्वय गरी ल्याइएको स्कीम रहेको कम्पनीले जनाएको छ । कम्पनीले चारजना विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि बेहोर्ने जनाएको छ ।

स्कीममा सहभागी हुन मानिसहरूले साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नु पर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार लक्की ड्र मार्फत् विजेताहरू छनोट गरिने कार्यक्रम भदाैमा राखिएको छ ।

यस वर्षको मोटोजिपी थाइल्याण्डको चाङ अन्तराष्ट्रिय सर्किटमा भाद्र १४ देखि १७ सम्म हुँदैछ ।

Share News