राष्ट्र बैंकले सहकारीको पनि नियमन गर्ने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुको पनि नियमन गर्ने भएको छ । राष्ट्र बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रहेर वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको पनि राष्ट्र बैंकले नियमन गर्ने भएको हो । ‘आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम राष्ट्र बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुको पनि नियमन गर्ने भएको छ । राष्ट्र बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रहेर वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको पनि राष्ट्र बैंकले नियमन गर्ने भएको हो ।

‘आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम राष्ट्र बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना गर्नेछ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

साथै राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, निरीक्षण तथा सुपरिवेक्षण व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने भएको छ ।

Share News