
फाइल फाेटाे
काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालित सार्वजनिक सवारीको भाडादरमा बृद्धि भएको छ । बागमति प्रदेश सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।
प्रदेश सरकारले भाडादर बढाएसँगै अब सार्वजनिक गाडी चढ्नासाथ (५ किलोमिटरको दूरीसम्म) २० रुपैयाँ लाग्नेछ । यस्तै, ५ किलोमिटरदेखि १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडा लाग्नेछ ।
यसअघि चढ्नेवित्तीकै ५ किलोमिटरसम्मको भाडादर २० रुपैयाँ नै रहेको थियो । १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ थियो ।