नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता

<p>काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनलबीच रेमिट्यान्स सम्झौता भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सम्पूर्ण शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्नेछ ।

यस सम्झौता मार्फत देश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सहज र सूलभ तरिकाले रेमिट्यान्स प्राप्त र पठाउन सक्ने बैंकले जनाएको छ ।

Share News