काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप(२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।
साउन ३ गते बाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिष्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पाेन्सरसीपमा कतार जान पाउनेछन्।
हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ ।