काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यान नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि सो प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्ने कम्पनीका महाप्रबन्धक बिमलराज गोसाईले जानकारी दिए । उक्त भिडियो टिकटकमा यही साउन ६ गतेदेखी आगामी भदौ ६ गतेसम्म पोष्ट गरिसक्नुपर्नेछ ।
कम्पनीका अनुसार पहिलो विजेताले डेढ लाख रुपैयाँ पाउने छन् । यस्तै, कम्पनीले दोस्रो हुने दुइ जनालाई प्रतिव्यक्ति १(१ लाख नगद रुपैयाँ, तेस्रो हुने ३ जना छानी प्रतिव्यक्ति ७५(७५ हजार, चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार र पाचौं हुने ५ जनालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद दिइने जनाएको छ ।
कम्पनीको अनुसार प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूलाई छनौट ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र ३० प्रतिशत धेरै भिउज, धेरै शेयर र कमेन्टको आधारमा गरिनेछ । छनोट भएका प्रतियोगिहरुलाई भदौ १० गते पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
