५ लाख सवारी चालक कारवाहीमा, ३३ करोड १३ लाख रुपैयाँ जरिवाना

<p>काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार ५९७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम पालना नगरेको भन्दै प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा ५ लाख भन्दा बढीलाई कारवाही गरेको हो । कारवाहीबाट प्रहरीले ३३ करोड १३ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कारवाहीमा पर्नेमा सबैभन्दा धेरै जथाभावी [&hellip;]</p>

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार ५९७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम पालना नगरेको भन्दै प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा ५ लाख भन्दा बढीलाई कारवाही गरेको हो ।

कारवाहीबाट प्रहरीले ३३ करोड १३ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

कारवाहीमा पर्नेमा सबैभन्दा धेरै जथाभावी पार्किङ गर्नेहरु छ । ४१ हजार ९०५ जना चालकले मनलाग्दी पार्किङ गरेको भनेर कारवाही भोगेका छन् ।

बढी कारवाही पर्नेको दोस्रो नम्बरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक रहेका छन् । ३३ हजार ५९० जनाले मापसेको कारवाही भोगेका छन् ।

रातो बत्ति बल्दा सवारी नरोकेका कारण १८ हजार ९८४ जना, तीव्र गतिमा सवारी चलाएका कारण १८ हजार ४४७ जना र लेन अनुसाशन पालन नगरेकोमा १३ हजार ८९३ जना चालक कारवाहीमा परेका छन् ।

त्यस्तै, यात्रुलाई भाडामा ठगी गर्ने १० हजार चालक कारवाहीमा परेका छन् । १५९० वटा मोटर साइकल हराएका छन् । त्यसमध्ये ३७४ वटा मात्र फेला परेका छन् । गत वर्ष सामान हराएको भन्दै ४९१ वटा उजुरी परेको, ३९२ वटा फेला परेको र ९७ वटाको बारेमा अनुसन्धान भैरहेको उपत्यका ट्राफिक व्यवस्थापन कार्यालयले जनाकारी दिएको छ ।

Share News