महिला कर्मचारीमात्रै राखेर महाराजगञ्जमा एनसेल सेन्टर संचालन

<p>काठमाडौं । एनसेल आजियाटाले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण दरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ । महिला कर्मचारीहरुले मात्र व्यवस्थापन तथा संचालन गरेकाे एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने एनसेले जनाएकाे छ । महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हर्षित भएकाे एनसेलका मानव संसाधन तथा [&hellip;]</p>

काठमाडौं । एनसेल आजियाटाले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण दरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

महिला कर्मचारीहरुले मात्र व्यवस्थापन तथा संचालन गरेकाे एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने एनसेले जनाएकाे छ ।

महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हर्षित भएकाे एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले बताए ।

‘यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ, कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ,’ उनले भने ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सकिनेछ । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यो एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विषेश अफर पनि रहेको कम्पनीले जानकारी दिएकाे छ । यस अफर अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् ।

ग्राहकले प्रत्येक ५० रुपैयाँको रिचार्ज बराबर २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जानकारी दिएकाे छ । यसको अर्थ १०० रिचार्ज गर्ने ग्राहकले २० को दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन् भने ५०० रिचार्ज गर्ने ग्राहकले २० को १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्नेछन्

यस सेन्टरले आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजे सम्म ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाएकाे छ । एनसेलले देशभरी ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।

Share News