काठमाडौं । प्रदेश १ ले प्रदेशिक लोकमार्गको निर्माण आगामी आर्थिक वर्ष भित्रसम्पन्न गर्न ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक २०७९/८० को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
साथै १५ वटा महत्वपुर्ण सडकका आयोजनालाई प्रदेश लोकमार्गमा स्तरोन्नति गर्ने व्यवस्था मिलाएको पनि आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले बताए ।