म्याग्दीको नारच्याङ्गमा महालक्ष्मी लाइफकाे बीमा जागरण कार्यक्रम सम्पन्न

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ नारच्याङ्गमा &#8216;यूवासँग महालक्ष्मी लाईफ&#8217; बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। २६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ नारच्याङ्गमा ‘यूवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ।

२६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेका थिए । लक्ष्मण आचार्यले संचालन गर्नु भएको कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताए ।

महालक्ष्मी लाईफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम गत वर्ष २०७८ आश्विन महिनाबाट संचालनमा ल्याएको थियो । बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा संचालन भईसकेको छ।

पहिलो चरणको बीमा जागरण कार्यक्रम धेरै प्रभावकारी भएकोले छिट्टै यस सम्बन्धी नयाँ कार्यक्रम लिएर आउन लागेको कम्पनीले जनाएकाे छ ।

Share News