असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारवाही गरिने

<p>काठमाडौं । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई सरकारले कारबाही गर्ने भएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार एक सूचना जारी गरी वर्षायामको दुई महिना सडक खनिए कारवाही गर्ने जनाएको हो । बर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्तितिमा ल्याउन नसकिने र [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई सरकारले कारबाही गर्ने भएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार एक सूचना जारी गरी वर्षायामको दुई महिना सडक खनिए कारवाही गर्ने जनाएको हो ।

बर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्तितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएपछि उक्त निर्णय गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय अन्तरगत सडक डिभिजनहरु मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नदिईने र कसैले जबर्जस्त सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुनसार कडा कारबाही गरिने जनाईएको छ ।

Share News