कोरोना बीमाको दाबी भुक्तानी गर्ने अन्तिम तयारीमा अर्थमन्त्रालय, बनायो ३ सदस्यीय समिति

<p>काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि तयारी थालेको छ । यसअघि पटक-पटक कोरोना बीमाको दाबी भुक्तानी दिने बताएको सरकारले अब भने  समिति नै बनाएर काम अगाडि बढाएको हो । अर्थ मन्त्रालयले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश कुमार केसीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा राजश्व महाशाखा प्रमुख [&hellip;]</p>

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि तयारी थालेको छ । यसअघि पटक-पटक कोरोना बीमाको दाबी भुक्तानी दिने बताएको सरकारले अब भने  समिति नै बनाएर काम अगाडि बढाएको हो ।

अर्थ मन्त्रालयले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश कुमार केसीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा राजश्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखाका प्रमुख चक्रबहादुर बुढा सदस्य रहेको श्रोतले बताएको छ ।

श्रोतका अनुसार यो समितिले कोरोना बीमा दाबी भुक्तानीमा हालसम्म भएका कार्य प्रगति लगायतका विषयहरूको अध्ययन गरी भुक्तानी गर्न अर्थमन्त्रालय समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ । सो समितिको प्रतिवेदनपछि अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि बजेट निकासा गर्ने बताइएको छ ।

बीमा समितिले सरकारलाई कुल दायित्वको ५५ प्रतिशत दाबी भुक्तानी गर्न आग्रह गरेको छ । सरकारले साढे ११ अर्ब रूपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

Share News