काठमाडौं । नेपालले पुनः भारततर्फ बिद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात सूर गरेको हो ।
विद्युत उत्पादन बढेर खपत हुन नसकेपछि निर्यात सुरु गरिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स) मा प्रत्येक १५ मिनेटको ‘ब्लक’ मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको जानकार दिए ।
उनका अनुसार प्रत्येक ब्लकका बिजुली फरक–फरक मूल्यमा बिक्री हुनेछ । भारतले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात १९ रूपैयाँ २ पैसा मा खरिद–विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सोही मूल्य अनुसार प्राधिकरणले बिजुली बिक्रीका लागि रोखेको जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरिसकेको छ । प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्नेछ ।