राष्ट्रिय गौरव र रुपान्तरणकारी बाहेकका आयोजना प्रदेश तथा स्थानीय तहबाट गरिने

<p>काठमाडौं । राष्ट्रिय गौरब र रुपान्तरणकारी आयोजना बाहेकका आयोजना प्रदेश तथा स्थानीय तहबाट गरिने सरकारले नीति तथा कार्यक्रममार्फत जनाएको छ । आज संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् । प्रदेश र स्थानीय तहमा वस्तुगत आधारमा वित्तीय हस्तान्तरण गरिने कुरा नीति तथा कार्यक्रममा शमावेश गरिएको छ । साथै, संघ, [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय गौरब र रुपान्तरणकारी आयोजना बाहेकका आयोजना प्रदेश तथा स्थानीय तहबाट गरिने सरकारले नीति तथा कार्यक्रममार्फत जनाएको छ । आज संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।

प्रदेश र स्थानीय तहमा वस्तुगत आधारमा वित्तीय हस्तान्तरण गरिने कुरा नीति तथा कार्यक्रममा शमावेश गरिएको छ । साथै, संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा प्राकृतिक स्रोतको संरक्षण, उपयोग र समन्वयायीक बाँडफाँड गरिने कुरा नीति तथा कार्यक्रममा शमावेश गरिएको छ ।

संसद्मा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले भनिन्, ‘स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा आवद्ध गर्दै आर्थिक सम्मुनतीको आधार तयार पारिनेछ ।’

Share News