काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चार मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ ।
षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत् परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रवर्द्धकको लगानी छ ।
यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत् उत्पादन गर्ने क्रममा रहेको छ ।
सेञ्चुरी बैंकले १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।