व्यवसायीले भनेजस्तो उद्योगमा १४ घण्टा लोडसेडिङ छैन : कुलमान घिसिङ

<p>काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले भने जस्तो उद्योगमा १४ घण्टा लोडसेडिङ नभएको बताएका छन् । बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको बताएका हुन् । निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडसेडिङ नगरेको बरु केही समस्या भए [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले भने जस्तो उद्योगमा १४ घण्टा लोडसेडिङ नभएको बताएका छन् ।

बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको बताएका हुन् ।

निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए । कुनै उद्योगमा ट्रान्समिसन लाइनको कारण विद्युत् कटौती भएर बेलुका एक/दुई घण्टा विद्युत् कटौती भएको हुन सक्ने तर, प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए ।

उनले तीन महिना भारतबाट केही विद्युत् आयात गर्ने तर, असारबाट भारतलाई विद्युत् निर्यात गर्ने अवस्था रहेको बताए । असारसम्म नेपालको विद्युत् उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको उनको दाबी छ ।

Share News