यूनियन लाइफको नयाँ बीमा योजना : बीमितले प्रत्येक ३ वर्षमा अग्रिम भुक्तानी पाउने

<p>काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको हो । यस योजनाबाट बीमा गर्ने व्यक्तिहरुले धेरै भन्दा धेरै फाइदा लिन सक्ने  कम्पनीले जनाएको छ । कम्पनीको अनुिसार यस बीमा योजना न्युन आय भएका व्यक्तिहरुदेखि [&hellip;]</p>

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको हो ।

यस योजनाबाट बीमा गर्ने व्यक्तिहरुले धेरै भन्दा धेरै फाइदा लिन सक्ने  कम्पनीले जनाएको छ ।

कम्पनीको अनुिसार यस बीमा योजना न्युन आय भएका व्यक्तिहरुदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्नेछन् । यस योजनामा न्यूनतम ५० हजारदेखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने व्यवस्था रहेको छ ।

न्युनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अनुसार यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ ।

यस्तै कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम एक करोड सम्म हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यति मात्र नभएर यस योजनामा प्रत्येक तिन वर्ष पुरा भएको बीमालेखको वार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने व्यवस्था रहेको छ ।

यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोग सम्बन्धी थप सुविधाहरु लिन सक्ने व्यवस्था रहेको छ । साथै यसमा बीमालेख लिएको मितिले तिन वर्ष पुरा भए पश्चात सम्पुर्ण मुल्य, चुक्ता मुल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले प्रत्येक तीन वर्षपछि अग्रिम भुक्तानी हुने र सबै वर्गका मानिसहरुको पहुँचमा उदेश्यले यस बीमा योजना ल्याइएको बताए ।

Share News