सिटिजन लाइफको प्रिमियम खल्ती एपबाट तिर्न सकिने

<p>काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकाे बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने भएकाे छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न खल्ती एपसँग सहकार्य सुरु गरेकाे इन्स्योरेन्सले जनाएकाे छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ । पाँच हजार प्रिमियम [&hellip;]</p>

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकाे बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने भएकाे छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न खल्ती एपसँग सहकार्य सुरु गरेकाे इन्स्योरेन्सले जनाएकाे छ ।

यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ ।

पाँच हजार प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्ने खल्ती एपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले बताए ।

Share News