प्रधानमन्त्रीले गरे देशको दोस्रो ठूलो क्षमताको खिम्ती सव-स्टेसन उद्घाटन

<p>काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका-१३ स्थित नयाँ खिम्ती २२०/१३२ केभी सव-स्टेसनको उद्घाटन गरेका छन्। नेपाल विद्युत प्राधिकरणले स्थापित गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले स्थापना गरेको उक्त सव-स्टेसन शनिबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्। उद्घाटनमा प्रधानमन्त्रीका साथमा ऊर्जा मन्त्री पम्फा भूसाल, सूचना तथा प्रसारण मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बागमती प्रदेशका मन्त्री, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका-१३ स्थित नयाँ खिम्ती २२०/१३२ केभी सव-स्टेसनको उद्घाटन गरेका छन्। नेपाल विद्युत प्राधिकरणले स्थापित गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले स्थापना गरेको उक्त सव-स्टेसन शनिबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्।

उद्घाटनमा प्रधानमन्त्रीका साथमा ऊर्जा मन्त्री पम्फा भूसाल, सूचना तथा प्रसारण मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, बागमती प्रदेशका मन्त्री, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा सचिव देवेन्द्र कार्कीलगायत थिए।

प्राधिकरणका अनुसार यो सव-स्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालन भएकामध्ये दोस्रो ठूलो हो । यो सव-स्टेसनबाट १२०० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिन्छ। माथिल्लो तामाकोसी जनविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट खिम्ती सव-स्टेसन जडान भइसकेको छ।

सव-स्टेसनमा माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ची पहिलो, ५२.४ मेगावाट क्षमताको लिखु चौथो र २४.२ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत जोडिएको प्रधिकरणले जनाएको छ।

यो सव-स्टेसनबाट ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट ढल्केवरस्थित ४००/२२०/१३२ केभी सव(स्टेसन र ४६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनबाट लामोसाँघुस्थित १३२ केभी सव-स्टेसन हुँदै नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भइरहेको छ।

वार्षिक दुई अर्ब २८ करोड युनिट विद्युत् उत्पादन हुने आयोजनाले दोस्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दैछ । रोल्वालिङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुक्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत् ऊर्जा थप हुनेछ ।

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रतियुनिट औसत ४.०६ रुपैयाँ विद्युत् खरीद बिक्री दर रहेको छ । यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनाका साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।

Share News