१८ सय विद्यार्थीसँग सिटिजन लाइफ, दियो बीमा शिक्षा

<p>काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३, ४ र ५ मा &#8216;विद्यार्थीसँग बीमा&#8217; कार्यक्रम सञ्चालन गरेको छ । इन्स्योरेन्सले उक्त कार्यक्रममा विभिन्न स्कुल कलेजका करिब १८ सय विद्यार्थीलाई बीमाबारे जानकारी दिएकाे थियाे । विद्यार्थीले बीमाबारे ज्ञान हासिल गरेमा यस प्रति उनीहरुको आकर्षण बढ्ने र दीर्घकालीन रुपमा जनशक्ति अभावलाई पूर्ति गर्न कोशेढुङा सावित हुने कम्पनीले बताएकाे [&hellip;]</p>

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३, ४ र ५ मा ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम सञ्चालन गरेको छ । इन्स्योरेन्सले उक्त कार्यक्रममा विभिन्न स्कुल कलेजका करिब १८ सय विद्यार्थीलाई बीमाबारे जानकारी दिएकाे थियाे ।

विद्यार्थीले बीमाबारे ज्ञान हासिल गरेमा यस प्रति उनीहरुको आकर्षण बढ्ने र दीर्घकालीन रुपमा जनशक्ति अभावलाई पूर्ति गर्न कोशेढुङा सावित हुने कम्पनीले बताएकाे छ ।

यसअघि पनि सिटिजन लाइफले यो जागरण अभियानलाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकैदिन २० वटा कलेजमा गई सो अभियान सञ्चालन गरेको भने यो पहिलो पटक हो । व्यावसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै यस कम्पनीले यस आर्थिक वर्षको माघसम्म आइपुग्दा १९ वटै कम्पनीमा आफूलाई टप ३ मा उभ्याउन सफल भएको छ ।

भोलिका दिनहरूमा समाजलाई बीमासम्बन्धी सकारात्मक प्रभाव पार्ने थप नविनतम कार्यक्रमहरू गर्ने योजना रहेको कम्पनीले जनाएकाे छ ।

Share News