नेशनल लाइफकी अध्यक्ष सिंहले लिइन् पथ तथा गोपनियताको शपथ

<p>काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छिन् । गत फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाले सिंहलाई पुनः कम्पनीको अध्यक्ष [&hellip;]</p>

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

यससँगै उनले कम्पनीको अध्यक्ष पदमा रहेर आफ्नो दोश्रो कार्यकाल सम्हाल्ने छिन् । गत फागुन २९ गते सम्पन्न कम्पनीको ३३ औं वार्षिक साधारण सभाले सिंहलाई पुनः कम्पनीको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचन गरेको हो ।

 

 

Share News