काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खानेपानीको व्यवस्थापनमा ढिलाई नहुने बताएका हुन् । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंबासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दावी समेत गरे ।
मन्त्री चौंधरीले खानेपानी महशुल निर्धारण आयोग केही दिन भित्रै गठन गर्ने घोषणा समेत गरे । केही वर्षदेखि सो आयोग रिक्त रहेको उल्लेख गर्दै उनले त्यसलाई पूर्णता दिन सरकारले प्रक्रिया अघि बढाईसकेको बताए । उनले सो आयोग अन्तरगत रहेर सरकारले आम नागरिकलाई अझै सर्वशुलभ ढंगले खानेपानीको व्यवस्था गर्न लागेको पनि जानकारी दिए ।