अमेरिकन लाइफ इन्स्यारेन्सले लग्यो ३३ करोड ३३ लाख रुपैयाँ बराबरको डलर

<p>काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीले नगद लाभांश लान पाएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा कडाई गरेर बोनस सेयर मात्रै वितरण गर्न निर्देशन दिएको भएपनि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा मेटलाइफ एलिकोले नगद लाभांश वितरण गरेको [&hellip;]</p>

काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीले नगद लाभांश लान पाएका छन् ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा कडाई गरेर बोनस सेयर मात्रै वितरण गर्न निर्देशन दिएको भएपनि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा मेटलाइफ एलिकोले नगद लाभांश वितरण गरेको पाइएको हो ।

मेटलाइफ एलिको अमेरिकन लाइफ इन्स्यारेन्स कम्पनीको कम्पनीको शाखाका रुपमा २०५८ सालमा नेपाल भित्रिएको हो । सो कम्पनीले सुरुमा ५ हजार अमेरिकी डलर लिएर नेपालमा शाखा स्थापना गर्न आएको थियो ।

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा नै संचालित मेटलाइफले अहिलेसम्म सेयर पुँजी राखेको छैन । कम्पनीले जीवन बीमा व्यवसाय गर्दै आएको छ ।

मेटलाइफको सेयर पुँजी नभएपनि जीवन बीमा व्यवसाय गर्ने नेपाली कम्पनी बराबर रकम राख्न लगाएर मात्रै व्यवसाय गर्न दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको छ, मेटलाइफ एलिकोको सेयर पुँजी नभएपनि कम्तिमा २ अर्ब रुपैयाँ राख्न लगाएर मात्रै व्यवसाय गर्न दिइएको छ, कम्पनीले सो बराबरको रकम राखेपछि मात्रै लाभांश वितरण गर्न पाउने भन्ने व्यवस्था गरिएको हो,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

समितिले गत आर्थिक वर्षदेखि मेटलाइफ एलिकोलाई नगद लाभांश अमेरिका लैजान अनुमति दिन थालेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट ३३ करोड ३३ लाख ५५ हजार रुपैयाँ बराबरको अमेरिकी डलर अमेरिका लगेको छ । सम्बन्धित क्षेत्रको नियामक (बीमा कम्पनीहरुको हकमा बीमा समिति) को सिफारिसमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि डलर सटही सुविधा पाइन्छ ।

Share News