नेपाल लाइफको आइइन्स्योर योजनाः न्यून लगानीमा अधिकतम जोखिम बहन हुने

<p>काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले &#8216;नेपाल लाइफ आइइन्स्योर&#8217; जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुने उद्देश्यले इन्स्योरेन्सले यो योजना सार्वजनिक गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक व्यक्तिको आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना पुरा गर्न [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको छ । न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुने उद्देश्यले इन्स्योरेन्सले यो योजना सार्वजनिक गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक व्यक्तिको आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना पुरा गर्न यो योजना ल्याएको हो । साथै, यो योजनाबाट बीमितले गरको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् विशेषता
नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँदेखि अधिकतम बीमाङ्क रकम एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिने छ ।

जस्तै, ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा मासिक ५ हजार २०६ रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ । त्यस्तै, ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा वार्षिक ५८ हजार ३१० रुपैयाँ बीमाशुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिई एकमुष्ट बीमाशुल्क भुक्तानी गर्दा ७ लाख ३२ हजार १०५ रुपैयाँ बीमाशुल्क मात्र लाग्ने छ ।

के के छन् सुविधाहरु ?
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जसअनुसार वार्षिक बीमाशुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमाशुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमाशुल्क भुक्तानी तरिका छनौट गदा ६ प्रतिशत थप शुल्क लाग्नेछ । त्यसैगरी, बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाख रुपैयाँसम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने सोभन्दा माथि बीमाङ्कको बीमाशुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समर्पण तथा कर्जा सुविधा
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।

दुर्घटना मृत्यु लाभ सुविधा: (ऐच्छिक)
१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था:
पूर्ण अवधि भुक्तानी
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ ।

मृत्यु दावी भुक्तानी
बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमाशुल्क रकम मात्र फिर्ता दिइने छ । बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ । यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइने इन्स्योरेन्सले जनाएको छ ।

Share News