‘पेट्रोल पम्पलाई चार्जिङ स्टेशन बनाऔं, गाडीको पनि एसेम्बलिङ खाेलौंं’

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । बुधबार नाडा अटो मोबाईल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई न्यूनिकरण र विद्युतीय गाडीलाई प्रोत्साहन गर्नको लागि पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नु पर्ने [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नु पर्ने बताएका छन् ।

बुधबार नाडा अटो मोबाईल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई न्यूनिकरण र विद्युतीय गाडीलाई प्रोत्साहन गर्नको लागि पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नु पर्ने धारणा राखेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री शर्माले सरकारले आयातलाई प्रतिस्थापन गर्नको लागि काम गरिरहेको बताउँदै यस्तो नीति अगाडि सार्नु पर्ने धारणा राखेका हुन् ।

‘हामीले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा प्रतिबन्ध गर्न खोजेका होइनौं, आयातलाई प्रतिस्थापन गर्ने हाम्रो नीति हो, सरकारले कुनै पनि वस्तु तथा सेवामा प्रतिबन्ध गर्ने भन्ने विषय हुन्न, हामीले कसरी आयातको दरलाई न्यूनीकरण र प्रतिस्थापन गर्न सकिन्छ, त्यसमै रहेर नीति निर्माण गर्ने, नीति निर्माण गर्दा सरोकारवालाको सल्लाह तथा सुझाव पनि हामीलाई चाहिन्छ,’ उनले भने ।

यस्तै, उनले अहिले अटो बजारको योगदान राजश्वमा २५ रहेकोमा अब यसलाई बढाउँदै लैजानु पर्ने बताए । यसमका लागि वातावरण सिर्जना गर्नमा सरकार रहेको उनको भनाई छ ।

उनले सरकार नेपालमै गाडीको एसेम्बलिङ भएको हेर्न चाहने पनि बताए ।त्यसको वातावरण सिर्जना गर्नको लागि सरकार तयार भएको उनले बताए ।

‘के कसरी नेपालमा गाडीको एसेम्बलिङ गर्न सकिन्छ, जग्गा उपलब्ध गराएर हुन्छ कि, त्यसलाई निर्माण गर्नको लागि सरकारले ग्यारेन्टी ग्यारेन्टी गरेर हुन्छ कि वा कुनै राहत दिएर हुन्छ, सरकार तयार छ, व्यवसायीले नेपालमै एसेम्बलिङका लागि तयार हुनु पर्छ,’ उनले भने ।

उनले पर्याप्त बजार, श्रम, विद्युत, जमीन यही रहेकाले नेपालमै एसेम्बल उद्याेग खाेल्न व्यवसायीलाई अनुराेध गरे । आयात प्रतिस्थापन र व्यापार घाटा कम हुने उपाय अवलम्बन गर्नको लागि सरकार लागि परेको उनको भनाई छ । यस्तै, उनले नितिको त्रास नलिन पनि व्यवसायीलाई आग्रह गरे ।

यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरे ।

महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले नाडाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आमजनतालाई लाभपुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताए ।

‘यो अटोमोबाइल सेक्टरको मात्र होइन, समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीतिनियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ,’यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहलगर्नुपर्ने बताए ।

Share News