ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छिन् । सामूदायिक रेडियो प्रशारक संघ(एको¥याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तराष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधीभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताएकी हुन ।
उनले भनिन्, “विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्यायोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ ।” स्वदेशमै उत्पादन भएको विद्युत खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै भन्नुभयो, “ स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको मार न्यूनीकरणमा पनि मद्दत पुग्छ ।”
जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, “हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ ।” विकसीत राष्ट्रले गरेको गल्तिका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उनले भनिन्, “मनाङ, मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ ।”
सरकार सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउँदै मन्त्री भुसालले जुनसुकै समयमा पनि सहजरुपमा रेडियो सुन्न सक्ने भएकाले रेडियो प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम भएको बताईन । उनले भनिन्, “सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो नै छ ।” जनताको प्रगतिमा आफू निरन्तर लाग्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “समाजवाद उन्मुख समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै हो ।” मन्त्री भुसालले जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई विद्युत् शुल्क निःशुल्क गरेको सुनाईन ।
कार्यक्रममा एको¥याबका अध्यक्ष अर्जुन गिरीले कोभिड–१९ को सङ्क्रमण, भूकम्पको जोखिम एवं बाढी पहिरोका समयमा सामूदायिक एफएमहरूले महत्वपूर्ण योगादान गरेको उल्लेख गर्दै समूदायिक रेडियोका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए ।