सर्वोत्तम सिमेन्टले दियो ठेकदारहरुलाई तालिम

<p>काठमाडौं । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ठेकदारहरुसँग भेटघाट कार्यक्रम गरेको छ । कम्पनीले दुई जिल्लाकाे विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न ठेगदारहरुसँग भेटघाट कार्यक्रम गरेको हाे । उक्त कार्यक्रममा कम्पनीको प्रोजेक्ट प्रमुख ई.अभिषेक झाले औपिसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेड बारे सम्पुर्ण जानकारीका साथै यसको उपयोगिता र विशेषताको बारेमा जानकारी दिएका थिए । [&hellip;]</p>

काठमाडौं । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ठेकदारहरुसँग भेटघाट कार्यक्रम गरेको छ । कम्पनीले दुई जिल्लाकाे विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न ठेगदारहरुसँग भेटघाट कार्यक्रम गरेको हाे ।

उक्त कार्यक्रममा कम्पनीको प्रोजेक्ट प्रमुख ई.अभिषेक झाले औपिसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेड बारे सम्पुर्ण जानकारीका साथै यसको उपयोगिता र विशेषताको बारेमा जानकारी दिएका थिए । यसका साथै उनले प्राविधिक रुपमा सिमेन्ट र डण्डीको प्रयोग गरी कसरी घर बनाउँदा भुकम्प प्रतिरोधात्माक हुन्छ र सिमेन्टको कसरी खपत राम्रो हुन्छ बारे पनि जानकारी दिएका थिए ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधीद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट उद्योग हो ।

 

Share News