घोराही सिमेन्टले माग्यो उच्चस्तरीय न्यायिक समिति

<p>काठमाडौं । घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानविनको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दावी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्फत छानविनको माग गरेको हो । लोडसेडिङको समयमा प्राधिकरणले विद्युतको नियमित उपभोग गर्ने ग्राहकहरुलाई थप शुल्क तोकेको थियो । उद्योगका अध्यक्ष पुरुषोत्तम [&hellip;]</p>

काठमाडौं । घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानविनको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दावी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्फत छानविनको माग गरेको हो ।

लोडसेडिङको समयमा प्राधिकरणले विद्युतको नियमित उपभोग गर्ने ग्राहकहरुलाई थप शुल्क तोकेको थियो । उद्योगका अध्यक्ष पुरुषोत्तम सांघाई भन्छन, ‘हामीले प्राधिकरणबाट त्यस प्रकारको सेवा लिएका छैनौँ । जब हामीले सेवा नै लिएका छैनौँ भने शुल्क केका लागि तिर्ने हो ?’
विद्युत प्राधिकरणले ०७२ साल असार १२ गते लोडसेडिङ्का समयमा दिनको कम्तीमा २० घण्टा विद्युत प्राप्त गर्नेका लागि छुट्टै महसुल दर प्रस्ताव गरेर विद्युत नियमन आयोगमा पेश गरेको थियो ।

यही प्रस्तावमा निर्णय गर्दै आयोगले त्यसै बर्ष माघ १२ गते सूचना प्रकाशन गरेर थप शुल्क लगाएको थियो । सो विषयमा जानकारी दिँदै सांघाईले भने, ‘त्यस समयमा हामीले उद्योगले नियमित पाउनु पर्ने स्वीकृत क्षमताको विद्युतसमेत पाउन सकेनौँ । यसकारण डिजेल प्लान्टबाट उद्योग चलाउनु प¥यो । यसले एकातिर उत्पादन खर्च बढेको छ अर्कोतिर उपयोग नै नगरेको विद्युत महसुलको दावी भएपछि हामीलाई ठूलो मार परेको छ ।’

विद्युत पूर्वाधार उपलब्ध गराउने नेपाल सरकारको नीति छ । तर त्यसको कार्यान्वयनका लागि विद्युत लाइन जडान गरेको छैन । त्यसैले हामी आफैँले करीव १० करोड रुपैयाँ बढी खर्च गरेर प्राधिकरणको लमही सव–स्टेशनबाट ट्रान्समिसन लाइन जडान गरेका छौँ । यसबाट हामीले १२ हजार ५०० केभीए विद्युत माग गरेका थियौँ । तर प्राधिकरणले ६ हजार केभीए मात्र उपलब्ध गराएको छ ।

प्राधिकरणले उद्योगलाई ३ वर्ष ७ महिना पछि आएर ६७ करोड ७७ लाख रुपैयाँमा थप दस्तुर जोडेर १ अर्ब १५ करोड रुपैयाँ भुक्तानी माग गरेको छ ।

लोडसेडिङका समयमा नियमित विद्युत आपूर्ति भएको थियो कि थिएन भन्ने तथ्याङ्क टीओडी मिटरबाट थाहा हुन्छ । उच्च स्तरीय न्यायिक समिति बनाएर यसको निष्पक्ष छानबिन गरौँ । यदि त्यहाँबाट उद्योगको बदनीयत देखियो भने हामी कानुनले तोकेको दण्ड जरिवाना व्यहार्ने तयार छौँ । तर, टीओडी मिटरको विवरण लुकाएर लिनै नपर्ने महसुल माग गर्ने गैरकानुनी कामलाई निरुत्साहित गर्नुपर्छ । यस प्रकारका व्यवहारले व्यवसायीहरु लगानीमा आकर्षित नहुनेप्रति सरकार सजग हुनु पर्ने सांघाईको तर्क छ ।

Share News