रामेछाप र काभ्रे जोड्ने गरी दोस्रो लामो झोलुङे पुल बन्दै

<p>पर्वतमा बनेकाे नेपालकै लामो झोलुङे पुल काठमाडौं । रामेछाप र काभ्रे जिल्ला जोड्ने गरी नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको चौरीदेउराली गाउँपालिका जोड्ने खोला माथि नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको तयारी गरिएको हो । यी २ पालिकाको बिचमा रहेको चौरीखोलामा माथि उक्त झोलुङ्गे पुल बन्न लागेको [&hellip;]</p>

पर्वतमा बनेकाे नेपालकै लामो झोलुङे पुल

काठमाडौं । रामेछाप र काभ्रे जिल्ला जोड्ने गरी नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । रामेछापको सुनापति गाउँपालिका र काभ्रेको चौरीदेउराली गाउँपालिका जोड्ने खोला माथि नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको तयारी गरिएको हो ।

यी २ पालिकाको बिचमा रहेको चौरीखोलामा माथि उक्त झोलुङ्गे पुल बन्न लागेको हो ।

सुनापति र चौरीदेउराली गाउँपालिका जोड्ने नेपाल कै दोस्रो लामो पुल हुने चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले जनाए । उनका अनुसार चौरीखोलामा झोलुङ्गे पुल निर्माण प्रक्रिया अगाडि बढाउँदै निर्माण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

उक्त पुलको डीपीआर बनाउन संघीय सरकारले ११ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । अध्यक्ष गौतमका अनुसार पुलको डीपीआर तयार गरी निर्माणको लागि प्रदेश सरकार र संघीय सरकारमा पठाइनेछ ।

पुल निर्माणको लागि लाग्ने कुल लागतको ६ प्रतिशत बराबरको रकम दुई गाउँपालिकाले खर्च गर्ने सहमति भएको छ ।

पुल निर्माण पछि सुनापति र चौरीदेउराली गाउँपालिका यात्रा छोटो हुनेछ । यसले दुई पालिकाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको गौतमले जनाए । साहसिक खेल पर्यटन, बन्जीजम्प लगायतको खेलको लागि पनि पुल निर्माण महत्वपूर्ण हुने उनको भनाई छ ।

सुनापति गाउँपालिका–४ बेथान र चौरीदेउराली गाउँपालिका–७ मादन कुडारी जोड्ने नेपालकै दोस्रो लामो हुने उल्लेख गरिएको छ ।

नेपालमा यसअघि बाग्लुङ–पर्वत जोडने कालीगण्डकी नदीमा नेपालकै सबैभन्दा लामो झोलुङ पुल निर्माण भएर सञ्चालनमा आइसकेको छ ।
उक्त पुलको लम्बाई ५ सय ७६ मिटर लामो रहेको छ । विसं २०७५ चैतदेखि सुरु भएको पुल निर्माण कार्य आगामी २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको थियो ।

पुलको एकसाथ ६ सय १२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता रहेको छ ।

Share News