सरकारी कर्मचारीले कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने नियम लागू

<p>काठमाडौ । सरकारी कर्मचारीले कोरोना भाइरस (कोभिड–१९) बीमा गराउँदा ५० प्रतिशत अनुदान पाउने व्यवस्था कार्यान्वयन भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा भएको व्यवस्था कार्यान्वयनमा आएको हो । बजेटमा सरकारी कर्मचारीले कोरोना बीमा गराउँदा बीमा शुल्कको ५० प्रतिशत अनुदान सरकारले दिने व्यवस्था थियो । यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब कुनैपनि निर्जीवन बीमा [&hellip;]</p>

काठमाडौ । सरकारी कर्मचारीले कोरोना भाइरस (कोभिड–१९) बीमा गराउँदा ५० प्रतिशत अनुदान पाउने व्यवस्था कार्यान्वयन भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा भएको व्यवस्था कार्यान्वयनमा आएको हो । बजेटमा सरकारी कर्मचारीले कोरोना बीमा गराउँदा बीमा शुल्कको ५० प्रतिशत अनुदान सरकारले दिने व्यवस्था थियो ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब कुनैपनि निर्जीवन बीमा कम्पनी मार्फत कोरोना बीमा गराउँदा सरकारी कर्मचारीले बीमा शुल्कमा अनुदान पाउने भएका हुन् ।

नेपाल बीमक संघले सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई सरकारी कर्मचारीहरुको कोरोना बीमाका लागि आवश्यक सहजीकरण गर्न अनुरोध समेत गरेको छ ।

कोरोना बीमा मापदण्ड २०७७ लागु भएपश्चात बीमक संघले सबै कम्पनीलाई त्यस्तो अपिल गरेको हो ।

कोरोना बीमा गराउँदा व्यक्तिगत र सामुहिक गरी २ प्रकारले गर्न पाउने व्यवस्था थियो भने बिमांक रकम ५० हजार र एक लाख रुपैयाँ गरी दुई प्रकारको छ । बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै व्यक्तिगत रुपमा कोरोना बीम गराउन नपाइने व्यवस्था गरिसकेको छ ।

समितिले तोकेको बीमा शुल्क अनुसार ५० हजार रुपैयाँको सामुहिक (पारिवारिकसमेत) कोरोना बीमा गराउँदा ४ सय रुपैयाँ र एक लाख रुपैयाँ बिमांकको कोरोना बीमा गराउँदा ६ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । अहिले गरिएको कोरोना बीमा आगामी चैत मसान्तसम्मको लागि कायम रहनेछ ।

Share News