काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) का महासचिव नविन भट्टलाई निलम्बनमा परेका छन् । संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरेको संघले जनाएको छ ।
भट्टलाई ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । भट्टलाई पत्र पठाउँदै सभापतिलाई जानकारी नदिई संघको मूल्य, मान्यता र विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका हुन् ।
संघको पछिल्लो कार्यसमिति बैठकमा भएका निर्णय तथा यसअघिको बैठकले महासचिवलाई दिएको जिम्मेवारीविपरीतका गतिविधि भएको पत्रमा उल्लेख छ ।
संघको विधानको दफा १२(क) उल्लङ्घन भएको उल्लेख गर्दै त्यस्तो गतिविधि कसको प्रभाव वा दबाबमा र कसरी भएको हो भन्ने विषयमा स्पष्ट पार्न पत्रमा भनिएको छ ।