
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटल नियुक्त भएको छ । हालै मात्र ६३ लाख कित्ता सेयर सर्वधारणमा निष्काशन गरेका इन्स्योरेन्सले बुधबार कम्पनीको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।
नियुक्त भएसंगै अब रिलायन्स लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम सनराईज क्यापिटलले गर्ने भएको छ ।