काठमाडाैं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा गरिएकाे छ । उपत्यकामा भदौ ३ गते रातिदेखि भदौ १० गते रातिसम्म निषेधाज्ञा गरिने भएकाे हाे ।
तीनै जिल्लामा कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय मंगलबार राति गरेका हुन्।
काठमाडाैंमा दिनप्रतिदिन काेराेनाका बिरामी बढी देखिएपछि यस्ताे निर्णय गरिएकाे हाे । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन तथा निषेधाज्ञा गर्ने अधिकारी स्थानीय प्रशासनलाई दिएको थियो।
निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् । यातायात पनि पूर्ण रुपमा बन्द हुने बताइएकाे छ ।