७७ वटै जिल्लामा सवारी पास वितरण बन्द

<p>काठमाडौं । गृह मन्त्रालयले पास वितरण बन्द गर्न निर्देशन दिएकाे छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको सवारी पास वितरण बन्द गर्न गृहले रोक लगाएकाे हाे । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले सवारी पार वितरण रोक्न निर्देशन दिएको हो। गृहले जारी गरेको परिपत्रमा कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले पास वितरण बन्द गर्न निर्देशन दिएकाे छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको सवारी पास वितरण बन्द गर्न गृहले रोक लगाएकाे हाे ।

बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले सवारी पार वितरण रोक्न निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म मिति २०७७ साउन २९ गतेदेखि लागू हुनेगरी पास वितरण नगर्न भनिएको छ।

कोभिड –१९ को जोखिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो । यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो ।

पछिल्लो समयमा मुलुकभर कोभिड-१९ को संक्रमण बढ्दो छ । काठमाडौं उपत्यकामा समेत सङ्क्रमण बढिरहेकाले प्रवेशमा कडाई गरिएको छ ।

Share News