काठमाडौं । नेपाल राष्ट्र बैंकले विगत १ दशकमा १५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । मर्जर तथा एक्वीजीसन प्रक्रियामा गएका बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गभर्नर अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था कायम भएका हुन् ।
बाँकी रहेका १५० वटा बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज भएको हो ।